Techie IT
२०८२ फागुन १२, मंगलबार

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको निरन्तर सहयोगको प्रतिबद्धता


अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

वार्तामा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम राख्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो जानकारी मोदीले एक्समार्फत् नै दिएका हुन्।

मोदीका अनुसार कुराकानी आत्मीयतापूर्ण भएको थियो। उनले जेन–जेड युवा आन्दोलनमा भएको क्षति प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका थिए । साथै, असोज ३ गतेको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट