Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

राजनीतिक स्थिरताको खोजी संविधान बाहिर जाँदा अझ ठूलो अस्थिरता निम्तिने : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको समाधान खोज्न सकिने बताएका छन्।

संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले विशेष परिस्थिति वा जटिलतामा पनि यसको मार्गदर्शनमै राजनीतिक निकास सम्भव हुने विश्वास व्यक्त गरेkा छन् ।

उनले भने, ‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ ।’

देउवाले राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाने प्रयासले मुलुकलाई झन् अस्थिरतामा धकेल्न सक्ने चेतावनी पनि दिएका छन् । ‘राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा अझ ठूलो अस्थिरता निम्तिने सम्भावना रहन्छ,’ उनले उल्लेख गरे।

उनले भने असोज ३ र संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो । संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबै नागरिकको हक र अधिकार सुनिश्चित गरेको उनले स्मरण गराए।

देउवाले वर्तमान संविधानको सफल कार्यान्वयन नै देशको समुन्नति सुनिश्चित गर्ने साझा दायित्व रहेको पनि दोहोर्‍याएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट