मन्त्रिपरिषद् चाँडै पूर्ण हुन्छ - मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद् चाँडै पूर्ण हुने बताएका छन्।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा सुरु भएको सरसफाइ तथा पुनर्निर्माण अभियान उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री घिसिङका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने र प्रधानमन्त्री सुशीला कार्कीले पनि छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने आश्वासन दिएको बताए।
‘सरकारले आफ्ना कामहरू अघि बढाइसकेको छ। अब मन्त्रिपरिषद् छिट्टै पूर्ण हुन्छ,’ मन्त्री घिसिङले भने। उनले पुनर्निर्माणसहितका काम सुरु भइसकेको उल्लेख गर्दै सरसफाइ अभियानमा विभिन्न मन्त्रालय, स्वयंसेवक तथा संघ–संस्थाको सहकार्य रहने बताए।
‘सरकारले आफ्नो-आफ्नो मन्त्रालयमा सरसफाइको काम सुरु गरिसकेको छ। स्वयंसेवक साथीहरू पनि जोडिनुभएको छ। संघ–संस्थाका साथीहरूलाई समेत आह्वान गर्दछौं,’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस