Techie IT
२०८३ असोज १९, सोमबार

एमाले नेता बस्नेतले पत्रकार शाक्यलाई धम्की दिएको मुद्दामा पत्रकार महासंघको ध्यानाकर्षण


पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेत र उनका सहयोगीहरूले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की दिइएको घटनाको कडा निन्दा र भर्त्सना गरिएको छ। साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति असहमति भएमा विधिसम्मत रूपमा आफ्ना कुरा राख्न सकिन्छ, तर पत्रकारलाई धम्की दिँदै प्रेस स्वतन्त्रता हनन गर्नु अनुचित हो। महासंघ सम्बद्ध व्यक्तिहरूलाई सचेत गराउँछ र धम्की दिने कार्यमा संलग्नहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दछ।”

महासंघले बस्नेत र उनका सहयोगीले पत्रकारलाई त्रसित पार्ने र आतङ्कित बनाउने गरी धम्की दिएको स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट