Techie IT
२०८२ असोज ४, शनिबार

महामन्त्रीद्वयको प्रस्तावमा केन्द्रीय समितिले मात्रै निर्णय लिन्छ : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन्।

उनका अनुसार, देश विषम परिस्थितिमा रहेको बेला अहिले पार्टीको प्रारम्भिक धारणा मात्रै छलफलमा आएको छ र पूर्ण धारणा सार्वजनिक गर्ने समय अझै आएको छैन। कोइरालाले पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल पछि मात्र महामन्त्रीद्वयको प्रस्तावबारे थप धारणा राखिने बताए।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, “अहिले छलफलमात्रै भएको हो।” शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्ने सम्भावनाबारे विचार राखेका थिए।

कोइरालाले भने, “म पनि केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित थिएँ। कसले के बोलेको हो भन्ने सबै थाहा छ। तर, केन्द्रीय समितिले निर्णय नगरी अहिले केही भन्न सकिने अवस्था छैन। मुख्य कुरा नेपाली कांग्रेसले के भन्छ भन्ने हो।”

कोइरालाले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको पनि उल्लेख गरेका छन् । उनका अनुसार, “संविधानलाई धेरै नचलाइ न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ। त्यो चुनाव हुने अपेक्षा राखेका छौं।”

उनले थपे, “संविधानको धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले निर्वाचन घोषणा गरेका छन्, जसले संविधान डिरेल हुनबाट जोगाएको छ। सरकारले यस प्रावधानलाई टेकेर ६ महिनाभित्र चुनाव गर्ने भनेको छ। अहिले संविधान डिरेल भएको छ, तर यसलाई ट्र्याकमा ल्याउने भनेको निर्वाचनबाटै हो।”

कोइरालाले जेनजी आन्दोलनका मागहरू सम्बोधन गर्ने कुरामा पार्टीको ध्यान पर्याप्त नभएको कुरा पनि स्वीकार गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट