Techie IT
२०८२ फागुन १२, मंगलबार

मन्त्री भन्नै मन लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस् - पुन


राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । रोजगारी सिर्जना, नवप्रवर्तन र आविष्कार केन्द्रको स्थापना जस्ता कामका कारण पुन परिचित व्यक्तित्व मानिन्छन् ।

मन्त्रीमा सिफारिस भएपछि उनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगरी सिधै कामका सुझाव पठाउन सार्वजनिक अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत पुनले कसैलाई पनि फोनमा ‘बधाई छ’ नभन्न, खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्।

उनले लेखेका छन्, “बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस सुझाव वा आइडिया भए मेरो ह्वाट्सएपमा पठाउनुहोला।”

पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न पनि अनुरोध गरेका छन्। “मन्त्री भन्नै मन लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस्,” पुनले लेखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट