Techie IT
२०८२ फागुन १२, मंगलबार

प्रधानमन्त्री कार्कीले विवादित पृष्ठभूमि भएकी डा. मिश्रालाई मन्त्री सिफारिस गर्दा हल्लीखल्ली


डा. संगीता कौशल मिश्रा

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ।

राष्ट्रपति कार्यालयले मिश्रालाई नियुक्त गरेको घोषणा गरिसके पनि उनको विवादित पृष्ठभूमि सार्वजनिक भएपछि अन्योल उत्पन्न भएको शीतल निवास स्रोतले जनाएको छ।

स्रोतका अनुसार, “बालुवाटारबाट पाँच जनाको नाम पठाइएको थियो। सोहीअनुसार नियुक्त भए पनि एकाएक ‘उहाँलाई केही नगर्नु’ भन्ने जानकारी आएपछि जसले अन्योल बढाएको छ।”

मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर, स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा अनियमितताको आरोप लागेकाले बालुवाटारमा उनको नियुक्तिबारे शंका उत्पन्न भएको बुझिएको छ।

यही कारण मिश्राको मन्त्री पदको शपथ हुने कि नहुने भन्नेमा अन्योल छ। स्रोतले भन्यो, “अब के गर्ने भन्ने निर्णय बालुवाटारबाट आउँछ। त्यसैअनुसार शीतल निवास अघि बढ्छ।”

बालुवाटारले आइतबार नै मिश्रासहित पाँच जनाको नाम शीतल निवासमा पठाएको थियो। मन्त्रीहरूको शपथ ग्रहण समारोह दिउँसो २ बजेका लागि तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट