भोलि रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन र निर्वाचन रणनीतिमा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक तय गरेको जानकारी रास्वपाले दिएको छ।
बैठकको एजेन्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट) र परिवर्तित परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने विषय समावेश छन्।
साथै पार्टी संगठन एवं विभाग, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस