Techie IT
२०८२ असोज ६, सोमबार

१० शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट उपलब्ध गराउने मन्त्री खरेलको घोषणा


सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयका रूपमा यो व्यवस्था अघि बढाउने घोषणा गरेका हुन्।

पदभार ग्रहणका क्रममा कर्मचारीहरूले पेस गरेको प्रस्तावमा केही परिमार्जन गर्न लगाएर उनले अन्तिम निर्णय गरेका हुन्।

यसअनुसार काठमाडौं बाहिरका प्रमुख १० शहरका सार्वजनिक स्थलहरूमा पाँच महिनाभित्र निशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट