Techie IT
२०८३ असोज १८, आइतबार

मन्त्रालयमै सुत्ने व्यवस्था मन्त्री महावीर पुनको मिलाउन निर्देशन


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमै सुत्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सोमबार पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने सुविधा उपलब्ध गराउन आग्रह गरेका हुन्।

मन्त्री पुनले भने, “म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै एउटा कोठा बनाइदिनुस्। खाट र कुर्सी भए पुग्छ। किचन भए म आफैँ पकाएर खान्छु।”

त्यसैगरी उनले प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने स्पष्ट पारे।

“अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु। मेरो अघिपछि आउनु पर्दैन,” पुनले बताए।

तर मन्त्रालयको कामका सिलसिलामा बाहिर जाँदा भने गाडी प्रयोग गर्ने उनले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट