Techie IT
२०८२ फागुन १२, मंगलबार

मतपेटिका र निर्वाचन सामग्रीको मौज्दात संकलन सुरु


निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतपेटिका र अन्य निर्वाचन सामग्रीको मौज्दात संकलन गर्न थालेको छ। आयोगले सामग्री के कति छन्, कति प्रयोग योग्य छन् र कति थप आवश्यक पर्छ भन्ने विवरण संकलन गर्दैछ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने “जिल्ला–जिल्लामा रहेका मतपेटिका लगायतका सामग्रीको अवस्था र आवश्यकता हेरिरहेका छौं। यसका आधारमा आगामी बजेट निर्धारण गरिनेछ।”

यसैबीच, मतदानको उमेर १६ वर्ष पुरा भएका व्यक्तिलाई मतदानको अवसर दिन प्रचलित व्यवस्थामा सुधार गर्न आयोगले प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ। गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको छ।

प्रवक्ता भट्टराईका अनुसार आयोगले आवश्यक संशोधन प्रस्ताव पठाइसकेको छ र बाँकी प्रक्रिया सरकारको जिम्मेवारीमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट