Techie IT
२०८२ असोज ७, मंगलबार

जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने - दुर्गा प्रसाईँ


राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलन हाइज्याक भएको दाबी गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा पुगेको बताए ।

प्रसाईँले भने, ‘आन्दोलनमा सिंहदरबार र सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्‍यौँ ।’ उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको जिकिरसमेत गरेका छन् ।

नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै प्रसाईँले अहिले धर्म कमजोर भएको टिप्पणी गरे । उनले भने, ‘यो भगवान्हरूले बास गरेको भूमि हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’

उनले थपे, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट