Techie IT
२०८२ असोज ७, मंगलबार

सरकारमा सुकिला–मुकिला पुगेकोमा दुर्गा प्रसाईंको आपत्ति


दुर्गा प्रसाईं

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनका क्रममा गरिब परिवारका छोराछोरीले ज्यान गुमाउँदा पनि सरकार बन्ने बेलामा सुकिला–मुकिला फाउन्डेशनका मान्छेहरू मन्त्री बनेको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले १३ वर्षअघि नै यस्तै गतिविधिका लागि हजारौँ मानिस सक्रिय रहेको दाबीसमेत गरे।

“अहिले सरकार के बन्यो, कसको बन्यो? आन्दोलनमा गरिबका छोरालाई मारियो। तर, हाइज्याक गरेर मन्त्री बन्न बार्बरा, समता लगायतका फाउन्डेशनका मान्छे पुगे,” प्रसाईंले भने।

उनका अनुसार आफूलाई जेनजी आन्दोलनबारे २२ भदौमा मात्र थाहा भएको हो। “म नपढेको मान्छे, साथीहरूलाई सोधेँ। १३–२८ वर्ष उमेरका युवाले गर्ने आन्दोलन रे। भ्रष्टाचार गर्नेका छोराछोरीलाई पनि प्रश्न गरिएको रहेछ। त्यसैले यो मुद्दा उठाउनु पर्छ भनेर म पनि सहयोग गर्न तयार भएँ,” उनले बताए।

प्रसाईंका अनुसार, सोही दिन दिउँसो उनले सामाजिक सञ्जालमा पोस्ट गरेर आन्दोलनलाई समर्थन जनाएका थिए। तर, केही घण्टामै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले “यो २८ वर्ष मुनिका युवाको आन्दोलन हो” भन्दै स्टाटस लेखेपछि आफूलाई ‘यो पश्चिमाको खेल हो’ भन्ने बुझाइ भएको उनले सुनाए।

२४ भदौमा सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी भएको दृश्य देखेर आफू पनि अचम्ममा परेको उनको भनाइ छ। “भोलिपल्ट आन्दोलन सुरु भयो। दमन भयो। नेतृत्व गर्ने कोही देखिएन। बरु भत्काउने र तोडफोड मात्रै भयो। सिंहदरबार र सर्वोच्च अदालतमा आगो लागेको देखेर हामी छक्क पर्यौं,” उनले भने।

प्रसाईंले यो आन्दोलनबाट विदेशी शक्तिले कसरी गरिब मुलुकलाई प्रयोग गरेर नष्ट पार्न सक्छन् भन्ने प्रष्ट भएको पनि टिप्पणी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट