Techie IT
२०८२ फागुन ११, सोमबार

प्रभु साह नेतृत्वको आजपाको केन्द्रीय कमिटी पुनर्गठन


प्रभु साह

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । पुनर्गठित कमिटीमा ३४८ सदस्य रहेका छन् ।

केन्द्रीय कार्यालय १४ सदस्यीय, सचिवालय ८७ सदस्यीय (कार्यालय सदस्यसहित) र केन्द्रीय सदस्य २४७ जनाको रहेका छन् । साथै १०१ जनालाई वैकल्पिक केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ ।

अध्यक्ष प्रभु साह र सहअध्यक्ष तिलक थापामगरसहित कार्यालय सदस्यमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक कुमार लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, सुधिर यादव, सियाराम कुशवाहा, श्रीचन्द मुखिया, उमेश कुशवाहा र देवी पण्डित रेग्मी रहेका छन् ।

त्यस्तै, सचिवालय सदस्यमा श्रीलाल महासेठ, रबिन्द्र प्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, राधेश्याम साह, बिजय यादव, सुभाषप्रसाद साह, रामकेशव गुप्ता, ओमप्रकाश सिंह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, बबिता यादव, गितादेवी साह, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सराज बछार, अञ्जित कुशवाहा, शिव थापा, शुभद्रा गुप्ता, अनिल झा, राजेश साह, सुरेश चौधरीलगायत रहेका छन् ।

यस्तै सचिवालयमा मिन बहादुर खत्री, किशोरी साह, देवेन्द्र ठाकुर, रामनाथ माझी, रामबाबु कुशवाहा, राजकिशोर साह, विवेक साह, हेमप्रसाद साह, तेजनारायण चौधरी, बालाशंकर कुशवाहा, जयलाल महतो, विश्वराज पटेल, रविन्द्र यादव, भानु कोइराला, सुरेश साह, डा. नवलकिशोर साह, सिमा जैसवाल, बिजय साह, देवकुमारी साह, पप्पु साह, ब्रम्हा यादव, रामशरण यादव, रामकृत साह, अरबिन्द साह, गोपाल साह, बिरबल महतो, आर्या पाण्डे, हरि थापा, मिनादेवी साह, सन्तोष साह, प्रहलाद पौडेल, खगेन्द्र भण्डारी, कालबहादुर विक, राम बिष्ट, अमर योन्जन, एमडी सतार, शम्भु जयसवाल, बद्रि पासवान र चन्दन साह पनि समावेश छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असोज ४ गते बसेको केन्द्रीय कमिटी र असोज ५ गते बसेको पदाधिकारी बैठकले पुनर्गठन गर्ने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट