Techie IT
२०८२ कार्तिक २५, मंगलबार

न बने बालेन प्रधानमन्त्री न त सुजन क्याबिनेट मन्त्री


जेनजी आन्दोलनको क्रममा पार्टी छोड्नेहरूमा एमाले छोड्ने संख्या अन्य दलभन्दा धेरै देखिएको थियो । अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्षदेखि विभिन्न कमिटीका सदस्यले एकल तथा सामूहिक राजीनामा दिएका थिए भने केहीले पछि फिर्ता पनि गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले प्रारम्भमा सामाजिक सञ्जालमार्फत आन्दोलनकारीको दबाबमा राजीनामा दिएको बताउँदै पछि फिर्ता लिएका थिए । उनले लेखेका थिए, “मेरो घर जल्ने र ज्यान जाने स्थिति भएकाले राजीनामा दिएको हुँ, अहिले फिर्ता लिएको छु ।” तर, निकट श्रोतका अनुसार यसको भित्री कारण अर्कै रहेको जनाइएको छ ।

श्रोतका भनाइअनुसार आन्दोलन चर्किएर सत्ता ढलेपछि बालेन साहलाई प्रधानमन्त्री बनाउन सकिने चर्चा चलेको थियो । बालेन साहकै सल्लाहकार टोलीमा रहेका एक इञ्जिनियरले सुजनलाई “क्याबिनेटमा शिक्षामन्त्री बनाइने” भन्दै तुरुन्तै राजीनामा दिन दबाब दिएको बताइएको छ ।

सुजन कडरियाको नाममा दर्ता श्यामसुन्दर निर्माण सेवा र उनका दाजु सुशीलको नाममा पशुपति शिवाजी कन्स्ट्रक्सन रहेको उल्लेख गरिएको छ । सिंहदरबारमा निर्माणाधीन संसद भवन इन्टेरियरको ठेक्का श्यामसुन्दर निर्माण कम्पनीलाई परेको र हाल कार्यभैरहेको श्रोतले जनाएको छ ।

राजीनामा दिए पनि न बालेन साह प्रधानमन्त्री बने न त सुजन क्याबिनेटमा पुग्न सके । त्यसपछि उनलाई अखिल अध्यक्ष बनाउने माधव ढुंगेल र भानुभक्त ढकालसहितका नेताले कडो आलोचना गरेका थिए । ती नेताहरूको सुझावपछि उनले राजीनामा फिर्ता गरेको घोषणा गर्दै अगष्ट ११ यताका आफ्ना सामाजिक सञ्जाल पोस्ट मेटाएका थिए ।

अखिलका एक पूर्वनेताले सुजन कडरियाको नेतृत्व क्षमतामाथि पहिले नै शंका व्यक्त गर्दै भनेका थिए, “सुजनले आन्दोलन थाम्न सक्दैनन्, महाधिवेशनमा हार्ने हो भने अखिल छोडेर रास्वपामा जान्छन् ।” तर उनको भनाइलाई नेतृत्वले गम्भीरतापूर्वक नलिएको बताइन्छ ।

यस्तै, सुजनलाई अध्यक्ष बनाउन रास्वपा नेतृ डा. तोसिमा कार्कीको टिमले महाधिवेशनअघि नै सक्रिय अभियान चलाएको पनि श्रोतले दाबी गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट