Techie IT
२०८२ असोज ८, बुधबार

प्रधानमन्त्री कार्की र मेयर शाहबीच भेटवार्ता


प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। स्रोतका अनुसार, उनीहरूबीच करिब १ घन्टासम्म छलफल भएको थियो। मेयर शाह बिहान ८:२५ बजे बालुवाटार पुगेका थिए।

जेन–जी आन्दोलन र हालको सरकार गठनमा निर्णायक भूमिका खेलेका मेयर शाह र प्रधानमन्त्री कार्कीबीचको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ। भेटमा जेन–जी आन्दोलनले उठाएका मागका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, “जेन–जी आन्दोलनका क्रममा उठेका मागका विषयमा छलफल भएको हो। यो अनौपचारिक भेटघाट थियो।”

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका मागप्रति आफू प्रतिबद्ध रहेको बताएकी थिइन्। उनले निर्वाचन र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको पनि बताएकी छन्।

मेयर शाहसँगको भेटवार्तापछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसँग पनि छलफल गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट