Techie IT
२०८३ असोज १८, आइतबार

रास्वपा कार्यालय खाली गर्न सूचना, १० महिनादेखि भाडा तिर्न बाँकी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय खाली गर्न घरधनी भरत देवकोटाले तीन महिनाको सूचना दिएका छन्। घर खाली गर्न सूचना दिएको दुई हप्ता भइसकेको छ ।

उनका अनुसार, प्रतिमहिना साढे तीन लाख रुपैयाँमा सम्झौता भएको थियो तर रास्वपाले १० महिनादेखि भाडा तिरेको छैन। सुरक्षासम्बन्धी समस्या पनि देखिएपछि घर खाली गर्न आग्रह गरेको घरधनिले बताएका छन् ।

“पार्टी कार्यालयमा जहिले पनि जोखिम हुने रहेछ। म समेत त्यहाँ बस्ने भएकाले सुरक्षाको जोखिम धेरै भयो । मेरो जीवनभरको कमाइ त्यहाँ लगानी छ, त्यसैले पार्टीलाई भाडामा दिएर जोखिममा राख्न चाहन्नँ,” हाल अमेरिकामा रहेका देवकोटाले भने।

उनका अनुसार, १० वर्षका लागि गरिएको सम्झौतामा प्रत्येक तीन वर्षमा ‘रिभ्यू’ गर्ने प्रावधान छ। तर, तीन वर्ष नपुग्दै जोखिम बढेकाले आफूले सम्झौताअनुसार तीन महिनाअगावै सूचना दिइसकेको देवकोटाले स्पष्ट पारे।

देवकोटा रास्वपाको अनुशासन आयोगका पूर्वअध्यक्ष हुन्। उनका नेतृत्वमा तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि कारबाही गरिएको थियो। तर, महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही हुने बेलासम्म उनले अध्यक्ष पदबाट राजीनामा दिइसकेका थिए। हाल उनी पार्टीको साधारण सदस्य मात्रै छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट