Techie IT
२०८२ फागुन ११, सोमबार

आतंक फैलाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने ? यो कस्तो शासन हो? - निवर्तमान प्रधानमन्त्री ओली


नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुविधा नदिए पनि नागरिकलाई सुरक्षा दिनु अनिवार्य भएको बताएका छन्।

भक्तपुरमा बिहीबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले हाल सरकारको निष्क्रियता र असंवेदनशीलताप्रति प्रश्न उठाएका छन् ।

अध्यक्ष ओलीले भने, “अहिले सामाजिक सञ्जालमा ‘केपी ओलीको घर लोकेट गरेर घेर्न जाऔं’ भन्ने देखाइएको छ। मेरो घर तोकिएको छ। तर सरकार के हेरेर बसेको छ?”

उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने र मुद्दा चलाउने कुरा उठाएको तर सुरक्षा जस्तो संवैधानिक दायित्व पूरा नगरेको आरोप लगाएका छन् ।

“सरकारले सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु भन्छ। तर उसको कर्तव्य भनेको सुरक्षा दिनु होइन र? असुरक्षाको माध्यमबाट सत्ता हातमा लिने, आतंक फैलाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने ? यो कस्तो शासन हो?” ओलीको प्रश्न थियो।

कार्यक्रममा उनले राजनीतिक परिस्थिति चिरस्थायी नहुने उल्लेख गर्दै आशावादी हुन कार्यकर्ता लाई सन्देश पनि दिएका छन् । “मौसम पनि सधैं एउटै हुँदैन। बादल लाग्छ, झरी पर्छ तर फेरि मुस्कुराउँछ,” ओलीले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट