Techie IT
२०८२ असोज २१, मंगलबार

विपद्को बेला मानवीय सेवामा जुट्न रास्वपाको अपिल


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्को बेला मानवीय सेवा र सहयोगमा सक्रिय हुन सबैमा आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्न सक्ने र त्यसबाट जनधनको क्षति हुने भएकाले सरकारी निकायहरूले जारी गर्ने सूचनानुसार व्यवहार गर्न सबैलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा नदी–खोला तटीय क्षेत्र आसपासका बासिन्दा र स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

विपद्को बेला मानवीय सेवा र सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै रास्वपाले सम्भावित विपद्का घटना न्यूनीकरण, घटनापछिको द्रुत खोज तथा उद्धारमा जुट्न आह्वान गरेको छ ।

साथै, घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरणलगायत मानवीय सहयोगका गतिविधिमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी सक्रिय सहभागिता जनाउन पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकलाई विशेष आह्वान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट