Techie IT
२०८२ कार्तिक २६, बुधबार

प्रधानमन्त्री कार्कीद्वारा नागरिकलाई सुरक्षित रहन अपिल


प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत प्रयोग गरिने बताएकी छन्।

शनिबार साँझ देशवासीका नाममा एक भिडिओ सन्देश दिँदै उनले अत्यावश्यक काम बाहेक सडकमा ननिस्किन र सवारी साधन नचलाउन अपिल गरेकी छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सबैलाई सुरक्षित र सतर्क रहन उनले अनुरोध गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “यो चुनौतीपूर्ण समय हो। प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद सबै सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलसहित पूर्ण तयारी अवस्थामा छन्। हामीले सबै उपलब्ध स्रोतहरू परिचालन गरेका छौं।”

अहिले राजमार्गहरू बन्द रहेको जानकारी दिँदै उनले अवस्था सामान्य भएसँगै सडक खुलाउने प्राथमिकता रहने पनि उल्लेख गरेकी छन् ।

उनले भनिन्, “तपाईंहरू जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुस्। अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट