Techie IT
२०८३ असोज १८, आइतबार

मनाङको प्रदेश सभा निर्वाचन स्थगित


निर्वाचन आयोगले मनाङको प्रदेश सभा उपचुनाव स्थगित गर्ने निर्णय गरेको छ। आयोगले आइतबार गरेको बैठकपछि कात्तिक १७ गतेका लागि तय भएको निर्वाचन स्थगित गर्ने निष्कर्ष निकालेको हो।

निर्वाचन स्थगनको निर्णयको कारणमा पछिल्लो राजनीतिक अवस्था, जेनजी आन्दोलनपछिको परिस्थिती र हालैको विपद् परिस्थितिलाई ध्यानमा राखिएको आयोगले जनाएको छ।

यसअघि असोज २२–२३ गते उपनिर्वाचनका लागि दल दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नयाँ मिति भने पछि तोकिनेछ।

प्रतिनिधिसभा विघटनसँगै रुपन्देही–३ को प्रतिनिधिसभा उपचुनाव भने पहिल्यै रद्द भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट