Techie IT
२०८२ फागुन १०, आइतबार

महामन्त्रीद्वयलाई राठोरको प्रश्न - कांग्रेसभित्र ४ वर्षमा के परिवर्तन गर्न सक्नुभयो?


नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वका बारे  प्रश्न गर्नेहरुको आलोचना गरेका छन्।

शनिबार बसेको बैठकमा राठौरले विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आपत्ति व्यक्त गर्दै भनेका थिए, “कांग्रेसभित्र ४ वर्षमा के परिवर्तन गर्न सक्नुभयो? देश जलेको बेलामा तपाईंहरूले के गर्नुभयो?”

स्रोतका अनुसार, उनले गिरिजाबाबु सापको माओवादीसँगको सम्झौताको इतिहास स्मरण गर्दै कांग्रेसले सधैं निर्वाचन गराइरहेको पनि उल्लेख गरेका छन् । राठौरले भने, “पार्टीसँग त्यत्रो पीडा हुँदा पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्नुभयो । सबै निर्वाचनहरू कांग्रेसको सरकारभन्दा अरुले गराएको छैन । कांग्रेसमा शेरबहादुर देउवा गलत हो भने ठिक को हो?”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट