Techie IT
२०८३ असार २९, सोमबार

जसपा नेपालको कोशी प्रदेश समितिको प्रथम अधिवेशन आजदेखि सुरु


जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदैछ।

पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै आएको जसपाले यस अधिवेशनलाई ‘प्रदेश नं १ समितिको अधिवेशन’ भनेर सम्बोधन गरेको छ।

विराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गते कार्यतालिका निर्धारण गरेको छ।

त्यसैगरी जसपा नेपालको मधेस प्रदेश समितिको अधिवेशन भोलि (सोमबार) देखि जनकपुरधाममा सुरु हुनेछ। सो अधिवेशनको उद्घाटन पनि अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको पार्टीको प्रचार विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट