Techie IT
२०८३ असोज १८, आइतबार

राप्रपाको संस्थापन इतर पक्षको बैठक आज, अध्यक्ष लिङदेनको कार्यशैलीमाथि छलफल हुने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापन इतर पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज बस्ने भएको छ।

काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक आज मध्याह्न १२ बजे नवदुर्गा पार्टी प्यालेसमा सुरु हुने कार्यक्रम तय गरिएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको ‘मनपरी कार्यशैली’ का विषयमा छलफल गर्न महामन्त्री धवल शमशेर जबराले बैठक आह्वान गरेका हुन्।

पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन नगरेको आरोप लगाउँदै राप्रपाको संस्थापन इतर नेताहरू पछिल्ला दिनमा संगठित रूपमा सक्रिय हुँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट