Techie IT
२०८२ फागुन १०, आइतबार

राप्रपाको संस्थापन इतर समूहको बैठक सम्पन्न, तिहारपछि देशव्यापी भेला गर्ने तयारी


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन इतर समूहको बैठक आइतबार सम्पन्न भएको छ।

महामन्त्री डा. धवल शमशेर राणा निकट पक्षका केन्द्रीय सदस्यहरूको सहभागितामा काठमाडौँमा भएको बैठकमा विभिन्न ६ एजेन्डामा छलफल भएको र तिहारलगत्तै देशव्यापी केन्द्रीय समिति भेला गर्ने निर्णय गरिएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा संस्थापन पक्षले गरेको भनिएको अवैधानिक निर्णयहरूलाई चुनौती दिने, नियमित महाधिवेशनको मिति घोषणाका लागि दबाब सिर्जना गर्ने र अवैधानिक रूपमा गरिएको कारबाही फिर्ता गर्नुपर्ने विषयमा सहमति भएको बताइएको छ।

त्यससँगै, जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर आपत्ति जनाउने र केन्द्रीय समितिको बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

बैठकमा काठमाडौँमा रहेका ९६ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट