Techie IT
२०८२ असोज २८, मंगलबार

संकटको समयमा सबै मिलेर देश अगाडि बढाउनुपर्छ - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले देश संकटको अवस्थामा रहेको बताउँदै सबै राजनीतिक शक्तिहरू मिलेर राष्ट्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएकी छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको संवेदनशील परिस्थितिमा सहकार्य र एकताको आवश्यकता रहेको बताएकी हुन्।

भेटमा आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, सभाको बैठक आह्वान र संसद् सम्बन्धी अन्य विषयमा विस्तृत छलफल भएको थियो।

आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यहरूको पदावधि समाप्त हुँदैछ। कानुनअनुसार पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग यसबारे परामर्श गरेका हुन्।

छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभा बैठक बोलाउने तयारी र निर्वाचन प्रक्रियाबारे पनि समन्वय भएको जानकारी दिएका थिए । उनका अनुसार, सभामा रोकिएका विधेयकहरूका बारेमा पनि छलफल भएको थियो।

यसैबीच, जेन–जी आन्दोलनको दोस्रो दिन भएको आगजनीका कारण बानेश्वरस्थित संघीय संसद् भवन क्षतिग्रस्त भएपछि आगामी बैठक कहाँ बोलाउने भन्ने विषयमा अन्योल कायम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट