Techie IT
२०८२ फागुन १०, आइतबार

शेखरले सभापति देउवासँग कार्यवाहक मागेपछि..


नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापनइतरका नेता डा. शेखर कोइरालाबीच शनिबार भेट भएको छ । सभापति देउवा निकटका एक केन्द्रीय सदस्यले भेट भएको पुष्टि गरेका छन्।

जेनजी प्रदर्शनको भोलिपल्ट देउवामाथि भएको कुटपिटपछि उपचारका लागि उनी हाल महाराजगञ्जस्थित एउटा घरमा भाडामा बसेका छन्। भेटमा कोइरालाले कार्यवाहक उपसभापति तोक्न माग गरेको तर देउवाले अस्वीकार गरेको दाबी पनि बैठकमा उठेको छ। देउवा निकटका नेताहरूका अनुसार, सभापतिले “विधानले तपाईंलाई कार्यवाहक दिन्न” स्पष्ट भन्नुभएको थियो।

यता, शेखर निकटका नेताहरूले भने उनले कार्यवाहक माग नगरेको बताएका छन्। शेखर निकटका एक केन्द्रीय सदस्यले भने, “मंसिर मसान्तसम्म नियमित महाधिवेशन हुन नसके १५ दिन थपेर भए पनि गरौं भन्ने शेखर दाइको धारणा हो, र सभापति देउवासँग यही कुरा राख्नु भएको हो।”

पार्टीको शीर्ष नेताको बैठकमा नेता बलबहादुर केसीले शेखरको नाम नलिई उनलाई कार्यवाहक दिनु हुने आशय व्यक्त गरेका थिए । गिरिजा प्रसाद कोइरालाले शेरबहादुरलाई ल्याएर वरिष्ठ नेता बनाएको उदाहरण पेश गर्दै केसीले कार्यवाहक तोक्दा विगतको नजिर हेर्नुपर्ने बताएका थिए ।

केही नेताहरूले देउवाले कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कालाई दिने सम्भावना रहेको दाबी गरेका छन् । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार, “अहिले पूर्ण दाईलाई कार्यवाहक दिने र उपचारका लागि विदेश जाने तयारी जस्तो देखिन्छ, फर्केपछि सभापति पूर्ववत् जिम्मेवारीमा फर्कने मनसाय देखिन्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट