Techie IT
२०८२ कार्तिक ३०, आइतबार

कुन आधारमा सहीद घोषणा भइरहेको छ?


नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको प्रष्ट छानबिन गर्न माग गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले निजी सम्पत्ति लुट्ने, आगजनी गर्ने र तोडफोडमा संलग्न व्यक्तिलाई समेत ‘शहीद’ घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, “२४ गते प्रहरी र सेनाले बन्दुक फालेर मैदान छाडेपछि मरेकाहरूलाई पनि ‘राज्यले मारेको’ भन्न मिल्छ र? ती ५५ जनालाई आखिर कसले मार्यो?”

बस्नेतका अनुसार सरकारले यसबारे आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन, किनभने त्यो सार्वजनिक भए गृह मन्त्रालय नै नाङ्गो पर्नेछ । उनले आरोप लगाएका छन्, “२४ गते आगो लगाउने, लुटपाट गर्ने, पसल र सरकारी कार्यालय तोडफोड गर्नेहरू बालेन–सुदन समूहकै मान्छे थिए, अहिले त्यही समूह गृह मन्त्रालय सम्हालेर ‘शहीद’ घोषणा गर्ने खेल खेल्दैछ।”

बस्नेतले प्रश्न गरेका छन्, “देशको सम्पत्ति जलाउने र लुट्नेहरूलाई कुन आधारमा शहीद घोषणा भइरहेको हो?”

उनले जेनजी आन्दोलनका वास्तविक सहिदहरूको पहिचानका लागि प्रमाणसहित नाम, ठेगाना र मृत्युको विवरणसहित सार्वजनिक गर्ने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

“पहिले वास्तविक (ओरिजिनल) सहिदहरूको सूची राजपत्रमा प्रकाशित गरियोस्, त्यसपछि मात्र श्रद्धाञ्जली दिन सकिन्छ,” उनले लेखेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट