Techie IT
२०८३ असार २९, सोमबार

मेयर बालेनले किसानलाई हेला गरेकोमा अखिल नेपाल किसान महासंघको आपत्ति


अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) द्वारा किसान समुदायलाई अपमान गरेको भन्दै आपत्ति जनाएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै मेयर बालेनले हिजो फेसबुकमा प्रकाशित कवितामा किसानलाई ‘किसानझैँ फोहर’ भनेर उल्लेख गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार यस्तो अभिव्यक्ति आम किसानको स्वाभिमानमा चोट पुर्‍याउने र होच्याउने प्रकृतिको रहेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाका मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अपमानजनक अभिव्यक्ति व्यक्त हुनु खेदजनक छ। मेयर साहले तत्काल आफ्नो स्टाटस हटाएर किसानसँग माफी माग्नुपर्नेछ। अन्यथा महासंघले थप कदम उठाउने चेतावनी दिन चाहन्छ।’

महासंघले किसानको अपमान गर्ने अभिव्यक्तिलाई घोर भत्सर्ना गर्दै त्यसको निन्दा गरेको छ। यसअघि हिजो मेयर बालेनले फेसबुकमार्फत कविता प्रकाशित गरेका थिए, जसमा किसानलाई ‘फोहोर किसान’ भनेर उल्लेख गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट