Techie IT
२०८२ फागुन १०, आइतबार

चुनावका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन - देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषणा गरिएको निर्वाचनअघि भयरहित वातावरणको सुनिश्चितता नभएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताए।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने। उनले थपे, ‘निर्वाचनका लागि आवश्यक वातावरण तयार भएपछि मात्रै सबै दल र नागरिकको सहभागी हुने अवस्था बन्न सक्छ। यसतर्फ सरकारको ध्यान जानुपर्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट