Techie IT
२०८२ असोज २८, मंगलबार

जेनजी आन्दोलपछि देउवाको पहिलोपटकको सम्बोधन पूर्णपाठमा हेर्नुहोस्


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन्। उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएर पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्। सो अवसरमा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन्।

सम्बोधनका क्रममा देउवाले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पार्टीको वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने आफ्ना योजना पनि देउवाले दोहोर्‍याएका छन्। लिखित सम्बोधनमा उनले भने,

“म साथीहरूलाई भन्न चाहन्छु, पार्टीमा पनि सधैं एकै जना सभापति रहिरहँदैन। मैले पहिले नै वैधानिक व्यवस्थाअनुसार र मेरो राजनीतिक इच्छाअनुसार १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छु। आगामी महाधिवेशनबाट म बाहेक अरु साथी सभापति बन्नेछन्, यसमा कुनै द्विविधा छैन।”

देउवा १५औं महाधिवेशनको मिति सार्वजनिक गर्न भने मौन रहेका छन्। जेनजी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन आयोजना गर्न दबाब दिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट