Techie IT
२०८२ फागुन १०, आइतबार

कांग्रेसमा विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ५४ प्रतिशत पुग्यो


नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ५४ प्रतिशतभन्दा बढी पुगेको छ।

कांग्रेसको १४ औं महाधिवेशनमा ४७४३ प्रतिनिधि थिए। १३ औं महाधिवेशनबाट स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका र निधन भएका प्रतिनिधि घटाउँदा हाल कायम प्रतिनिधि संख्या ४५५६ पुगेको छ।

हाल कायम प्रतिनिधिमध्ये २४८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्, जुन ५४.५८ प्रतिशत हो। संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी केन्द्रीय कार्यालयमा बुझाइने तयारी भइरहेको छ।

हस्ताक्षर संकलन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको थियो। उनीहरूले मंसिरभित्र नियमित महाधिवेशन हुन नसकेमा विशेष महाधिवेशनको विकल्प प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेस विधानअनुसार कम्तीमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट