Techie IT
२०८२ फागुन १०, आइतबार

एमाले बैठक लम्बिँदै, अझै दर्जनौं सदस्य बोल्न बाँकी


नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको कार्यसूची आज बिहान ८ बजेदेखि सुरु बइसकेको छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजो पहिलो दिनको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। आज बाँकी सदस्यहरूले बोल्ने क्रम रहनेछ।

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ। प्रारम्भिक तालिकाअनुसार बैठक भोलिसम्म सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरूले बताएका छन्।

धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ। तीन मिनेटभित्र आफ्नो कुरा नसक्ने सदस्यको माइक्रोफोन स्वचालित रूपमा काटिने व्यवस्था गरिएको छ।

बैठकमा सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रमको उल्टो क्रम (ज्ञ बाट सुरु हुने गरी) पालो मिलाइएको छ। सबै सदस्यले धारणा राखिसकेपछि अन्त्यमा अध्यक्ष ओलीले बैठकमा उठेका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने कार्यक्रम रहेको छ।

हिजोको बैठकमा अध्यक्ष ओलीले जेन–जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट