Techie IT
२०८२ कार्तिक २, आइतबार

दलहरूसँग संवाद गर्न प्रधानमन्त्री कार्की सक्रिय, मंगलबार छलफल हुने


प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छन्। अघिल्लो निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निम्तो पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार वार्ता आगामी मंगलबार (४ कात्तिक) हुने तय भएको छ। “केही दलहरूलाई निम्तो पठाइसकिएको छ, केहीलाई पठाउने तयारी भइरहेको छ,” प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधिलाई छलफलमा सहभागी हुन अनुरोध गरिएको छ। सरकारले निर्वाचन मिति घोषणा गरे पनि दलहरूसँग संवाद नगरेको भन्दै हालसम्म आलोचना भइरहेको थियो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रमुख दलका नेताहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री कार्की पनि सहभागी थिइन्, तर दलहरूले त्यसलाई सरकारको औपचारिक पहल नभएको बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट