Techie IT
२०८२ फागुन १०, आइतबार

विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउने


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहपछि नयाँ कम्युनिस्ट केन्द्र गठन गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।

नेकपाले आइतबार काठमाडौँमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विप्लवले भने, “माओवादी घटकहरूबीच पार्टी एकताको विषय कतै अल्झिएको छैन, अगाडि बढिरहेको छ। हिजो एउटा ढङ्गले छलफल अघि बढेको थियो, तर जेनजी विद्रोहपछि अर्को ढङ्गले अघि बढेको छ।”

उनले थपे, “सबै कम्युनिस्ट पार्टीका नेताहरूसँग एउटै नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा छलफल भइरहेको छ। अब पहिलेको ढङ्गले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सकिँदैन, नयाँ बहस आवश्यक छ। माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट