Techie IT
२०८२ कार्तिक ३, सोमबार

गृहमन्त्रीले ‘भागेका’ भनिएका पूर्व ऊर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक


काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भागेको’ दाबी गरेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन्।

गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि पूर्वमन्त्री खड्का देश छाडेर भागेको दाबी गरेका थिए।
‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्,’ उनले एक अन्तर्वार्तामा भनेका थिए। गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए।

तर, गृहमन्त्रीको दाबीको एकदिनमै पूर्वमन्त्री खड्का आफ्नै बुढानीलकण्ठस्थित आन्दोलनकारीले जलाएको घरबाटै पत्रकारहरूसँग अन्तरक्रिया गर्दै सार्वजनिक भएका हुन्।

अन्तरक्रियाका क्रममा उनले देशको पछिल्लो अवस्था र भदौ २३–२४ गतेको घटनाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्।

जेन–जी आन्दोलनका क्रममा जलाइएको घरमै बसेर खड्काले पत्रकारहरूसँग कुराकानी गरेको दृश्य सार्वजनिक भएपछि गृहमन्त्रीको दाबी गलत सावित भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट