Techie IT
२०८३ असार २८, आइतबार

जलेको पैसाबारे के भने पूर्व ऊर्जामन्त्री दीपक खड्काले?


नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्काले भदौ २४ गते प्रदर्शनकारीहरूले घरमा तोडफोड र आगजनी गर्दा आफू सोही घरमै रहेको बताएका छन्।

सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै घरको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै उनले तोडफोड र आगजनी सुरु भएपछि सुरक्षाकर्मीहरूले आफू र परिवारलाई सुरक्षित स्थानमा लगेको बताए।

त्यो दिन खड्काको घरबाट लाखौं रुपैयाँ भेटिएको भन्दै पैसा उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सो भिडियोबारे पत्रकारहरूले सोध्दा खड्काले भने, ‘प्रदर्शनकारीहरूले पैसा उडाउँदा म यही घरमै थिएँ। मेरो घरमा कति पैसा र कति विदेशी मुद्रा थियो भनेर मैले प्रहरीसँग दर्ता गराइसकेको छु।’

उनले दसैंका लागि राखिएका साना दरका नोट प्रदर्शनकारीले उडाएको दाबी गरेका छन् । ‘दसैंका लागि ल्याएर राखेको पैसा थियो २० र ५० रुपैयाँका नयाँ नोटका बन्डलहरू। ती बन्डल ल्याएर उडाउँदै फोटो खिचेका थिए। त्यो योजनाबद्ध चरित्र हत्या थियो,’ उनले भने ।

खड्काले आफ्नो व्यवसायिक पृष्ठभूमिका कारण केही रकम घरमा हुनु अस्वाभाविक नहुने पनि स्पष्ट पारेका छन् । ‘दीपक खड्कासँग दुई–चार लाख नहुन सक्छ भनेर तपाईंहरू विश्वास गर्नुहुन्छ?’ भन्दै उनले भने, ‘म मन्त्री हुनु अघि नै व्यवसायिक संरचना तयार भएको मान्छे हुँ।’

‘भागेको होइन, उपचारका लागि भारत गएको थिएँ’

जेन–जी आन्दोलनलगत्तै देश छाडेको भनिएका खड्काले आफू भागेको नभई उपचारका लागि भारत गएको बताएका छन्।
उनका अनुसार, आन्दोलनका घटनापछि श्रीमती ट्रमामा परेकी थिइन् र आफू पनि डेंगु संक्रमणका कारण बिरामी परेका थिए।

‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ, तर श्रीमतीलाई ट्रमा भयो। त्यसैले केही दिन बाहिर निस्कनुपर्‍यो,’ उनल भने केहि दिन तराईतिर गयौं, डेंगु भयो । ११ दिन भारतको मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ। श्रीमती र बच्चा उतै छन्, म अहिले फर्किएको छु,’ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा खड्का भागेको दाबी गरेका थिए। तर, खड्काले भने ‘म राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन’ भन्दै सरकार र केही मिडियाले समाजलाई भ्रमित पार्न खोजेको आरोप लगाएका छन् ।

खड्काले थपे, आन्दोलनकारीले घर तोडफोड गर्न खोजेपछि अंगरक्षकले आफूलाई सुरक्षित स्थानमा लगेका र पछि सेनाको ब्यारेकमा केही दिन बसेर उपचारका लागि भारत गएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट