Techie IT
२०८३ जेष्ठ ६, बुधबार

वर्तमान सरकारको चुनावको तयारीबारे एमालेको आशंका


नेकपा एमालेले वर्तमान सरकारले तोकिएको समयमा चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमालेले यस्तो धारणा राखेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव समयमै सम्पन्न गराउन सक्ने कि सक्दैन भन्ने विषयमा चिन्ता व्यक्त गरेका छन्। तर, उनले यसो गर्दा उनीहरूले चुनावको विरोध गरेको भने स्पष्ट पारेका छैनन्।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट