Techie IT
२०८२ फागुन १०, आइतबार

सरकारले भयरहित अवस्थामा निर्वाचन गराउने वातावरण सिर्जना गरोस् - नेता डा. महत


नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारले भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन गराए कांग्रेसले पूर्ण साथ र सहभागिता जनाउने जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई गराएको बताएका छन्।

प्रधानमन्त्री कार्कीले आज पहिलोपटक आयोजना गरेको १० राजनीतिक दलहरूसँगको संवादमा सहभागी दलहरूले पनि एउटै माग राखे - सरकारले शान्तिपूर्ण र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्नुपर्ने।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महतले भने, “सबै दलहरूले भयरहित अवस्थामा सरकारले निर्वाचन गराउने वातावरण सिर्जना गर्न दबाब दिएका छन्। सरकार त्यस दिशामा दृढताका साथ अघि बढोस् भन्ने हाम्रो आग्रह छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट