Techie IT
२०८२ कार्तिक ९, आइतबार

निर्वाचनमुखी गतिविधि तीव्र पार्ने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले पार्टीलाई लोकतान्त्रिक धारको रूपमा अघि बढाउने र सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिएका छन् ।

उनका अनुसार रास्वपाले निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरूले पनि सक्रिय पहल लिनुपर्ने छ। “न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई पूर्ण समर्थन गर्ने पार्टीको नीतिगत निर्णय हो,” पराजुलीले भने।

उनले थपे, “सरकारको म्यान्डेट नै निर्वाचन भएकाले सबै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकार आफैंले बनाउनुपर्छ।” बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न तोकिएको समयभित्र पार्टीका तर्फबाट नामावली दर्ता गर्न आह्वान गर्ने निर्णय पनि गरेको छ।

त्यसका साथै बैठकमा तल्लो तहका अधिवेशन, उम्मेदवार छनोटका मापदण्ड, र पार्टीको विस्तारित भेला जस्ता विषयमा समेत विस्तृत छलफल भएको पराजुलीले बताए।

रास्वपा सचिवालयको अर्को बैठक मंगलबार पुनः बस्ने तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट