Techie IT
२०८२ कार्तिक १२, बुधबार

ओलीको प्रस्ताव : जेन–जीसहित सर्वदलीय सरकार र फागुन २१ मै चुनाव


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी प्रतिनिधिहरूसहित सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, ओलीले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना, संविधान संशोधन र जेन–जी आन्दोलनसँग सहकार्य गरेर राजनीतिक निकास निकाल्ने मार्गचित्र प्रस्तुत गरेका हुन्।

ओलीको प्रस्तावित मार्गचित्र

१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापना।
२. प्रतिनिधिसभाबाट संविधान संशोधन गरी संसद् सदस्य नभएका व्यक्तिलाई पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था।
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि पुनः प्रधानमन्त्रीको दाबी नगर्ने।
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन।
५. उक्त सरकारले तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने, जसअनुसार फागुन २१ मै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्भव हुने।
६. संविधान र लोकतन्त्रलाई स्थायित्व दिन राजनीतिक दलहरूबीच अग्रिम सहमति निर्माण गर्ने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट