Techie IT
२०८२ कार्तिक १२, बुधबार

जेन–जी आन्दोलनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै


नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। जेन–जी आन्दोलनपछि पहिलो पटक बस्न लागेको यस बैठकमा पार्टीको आगामी रणनीति र राष्ट्रिय राजनीतिक अवस्थाबारे गहिरो छलफल हुने भएको छ।

प्रचार विभागका उप–प्रमुख दामोदर अर्यालका अनुसार बैठक सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेपछि सुरु हुनेछ। उनका अनुसार बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनको प्रभाव, आसन्न निर्वाचनको तयारी, पार्टीको आन्तरिक सङ्गठन व्यवस्थापन, नयाँ मनोनीत केन्द्रीय सदस्यको शपथ तथा अन्य ६ प्रमुख एजेन्डामा छलफल हुने तय गरिएको छ।

त्यसबाहेक बैठकमा पार्टी एकता कार्यदल समितिले वाम एकताको सम्भावना र अहिलेसम्मको प्रगतिबारे विस्तृत प्रतिवेदन पनि प्रस्तुत गर्ने बताइएको छ।
पार्टीले यसअघि नेता बेदुराम भुसालको नेतृत्वमा ३ सदस्यीय पार्टी एकता समिति गठन गरेको थियो, जसले नेकपा (माओवादी केन्द्र) लगायत अन्य वामपन्थी दलहरूसँग एकता वार्तालाई अगाडि बढाइरहेको छ।

पार्टी स्रोतका अनुसार बैठकले संगठन सुदृढीकरण र नयाँ राजनीतिक परिस्थितिमा पार्टीको भूमिका स्पष्ट गर्ने ठोस निर्णय गर्न सक्नेछ।
जेन–जी आन्दोलनले उत्पन्न गरेको राजनीतिक वातावरणमा वामपन्थी एकता र आगामी निर्वाचनमा एकीकृत समाजवादीको रणनीतिलाई यस बैठकले दिशानिर्देशन गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट