Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

एमालेसँगको एकता माओवादीभन्दा हजार गुणा उचित : रामकुमारी झाँक्री

माओवादीसँग सहज एकता सम्भव छैन


रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीको एकता माओवादी केन्द्रसँग होइन, बरु एमालेसँग हुनु “हजार गुणा सही” हुने बताएकी छन्।

एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले समाजवादीहरूका लागि एमाले नै स्वाभाविक र विचारगत रूपमा नजिकको पार्टी भएको बताइन्। उनले भनिन्, “अब हामी समाजवादीहरूको ठूलो हिस्साका लागि एकता एमालेसँग हुनु राम्रो हो, किनभने एमाले नै हामीले निर्माण गरेको पार्टी हो।”

झाँक्रीका अनुसार, एमालेमा आफूहरूले जिन्दगीका महत्त्वपूर्ण समय खर्चेर आन्दोलन, संगठन र पार्टी निर्माणमा योगदान गरेका कारण त्यस पार्टीसँग एकता सहज हुने बताइन्। “त्यो पार्टी हामीले आन्दोलनबाट, पुनर्गठनबाट बनाएका हौं। त्यसैले व्यक्तिगत र विचारगत हिसाबले पनि एमालेसँगको एकता स्वाभाविक हुन्छ,” उनले भनिन्।

तर झाँक्रीले पार्टीको वार्ता समिति एमालेसँग संवाद अघि नबढाएको र माओवादीसँग मात्र एकता वार्ता चलाइरहेकोमा असन्तोष व्यक्त गरेकी छन् । उनले भनिन्, “एमालेसँग किन वार्ता भएन ? माओवादीसँग मात्रै किन संवाद भइरहेको छ ? यो प्रश्न हामी बैठकमा उठाउनेछौं।”

उनका अनुसार, एमाले शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट समाजको रूपान्तरण गर्न प्रतिबद्ध पार्टी भएकाले समाजवादीहरूका लागि विचारगत रूपमा नजिकको दल हो। “माओवादी त १० वर्षको सशस्त्र युद्धबाट आएको, फरक कार्यनीति र दृष्टिकोण भएको पार्टी हो। त्यसैले माओवादीसँग सहज एकता सम्भव छैन,” झाँक्रीले भनिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट