Techie IT
२०८२ कार्तिक १३, बिहीबार

त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगायो - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीबीच बुधबार भएको त्रिपक्षीय संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा उत्पन्न गरेको बताएकी छन्।

बालुवाटारमा बसेको बैठकपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भनिन्, “आज सरकार, राजनीतिक दलहरू र जेनजी प्रतिनिधिहरूबिच भएको संवादले नयाँ विश्वास र सकारात्मक ऊर्जा जगाएको छ।”

प्रधानमन्त्री कार्कीले देशका चुनौतीहरू सबैको साझा भएको उल्लेख गर्दै समाधान पनि साझा प्रयास र निरन्तर संवादबाट सम्भव हुने विश्वास व्यक्त गरेकी थिइन् । उनले यस संवादको प्रमुख उपलब्धि संवादहीनताको अवस्था अन्त्य गरी सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको बताइन्।

उनले थपिन्, “नयाँ पुस्ता, राजनीतिक दल र सरकार सबैको लक्ष्य एउटै छ निष्पक्ष, सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्नु।”

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताप्रतिको साझा प्रतिबद्धता दोहोर्‍याउँदै भनिन्, “यही आधारमा हामी स्थिरता, जबाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै अगाडि बढ्छौँ।”

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट