Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

त्रिपक्षीय संवादमा प्रधानमन्त्री कार्की र एमाले नेता बर्तौलाबीच भनाभन


बुधबार बालुवाटारमा बसेको सरकार, राजनीतिक दल र जेन–जीबीचको त्रिपक्षीय संवादका क्रममा प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेता महेश बर्तौलाबीच भनाभन भएको छ।

बैठकमा सहभागी एक स्रोतका अनुसार, संवादका क्रममा एमाले नेता बर्तौलाले भने, “यो सरकारको जग नै असंवैधानिक छ। असंवैधानिक ढंगबाट बनेको सरकारले अराजनीतिक र गलत तरिकाले संसद् भंग गर्‍यो। निःसर्त संसद् पुनर्स्थापना हुनुपर्छ। यो एमालेको बटमलाइन हो। अहिलेकी प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद् विघटनको मुद्दा हेर्नुभएको थियो।”

उनको भनाइका बीचमै प्रधानमन्त्री कार्कीले प्रतिवाद गर्दै भनिन्, “यस्तो नचाहिँदो कुरा नगर्नुस्। मैले संसद् विघटनको मुद्दा हेरेकी छैन। नभएको कुरा फैलाएर भ्रम सिर्जना नगर्नुस्।”

बर्तौलाले पुनः प्रश्न गर्दै भने, “मुद्दा नहेरे पनि संसद् पुनर्स्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभएको त छ नि?”

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “मैले त्यसरी बोलेकी छैन। दुई–चार जना फतुरे पत्रकारले के–के लेखे, मलाई थाहा छैन।”

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट