कसैको दबाब वा प्रभावमा गृहमन्त्रीलाई हटाइदैन - प्रधानमन्त्री सचिवालय
प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने स्पष्ट पारेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएपछि, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस नोट जारी गर्दै भने, “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय हो। यसमा कसैको दबाब वा प्रभावले काम गर्न सक्दैन।”
श्रेष्ठका अनुसार, गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय छन्।
उनले सम्बन्धित सबै पक्षलाई संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस