Techie IT
२०८२ कार्तिक १४, शुक्रबार

कांग्रेस नेता शेखर कोइरालाद्वारा महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूसँग आज बिहान छलफल गरेका छन्।

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र बद्रीप्रसाद पाण्डेसहित संस्थापनइतर पदाधिकारीहरूको सहभागिता थियो।

कोइरालाको सचिवालयका अनुसार छलफलमा पार्टीभित्रको वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा मुख्यतः कुराकानी भएको हो।

सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन गर्न नसकिने र विशेष महाधिवेशनमा पनि जान नहुने अडान लिँदै आएको छ। त्यसकै बीच नेताहरूबीच वैकल्पिक सहमतिको खोजी भइरहेको छ।

यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

महामन्त्री गगन थापा भने बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अनुपस्थित रहेका थिए। कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग तीव्र बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट