Techie IT
२०८२ कार्तिक १४, शुक्रबार

नागरिक उन्मुक्ति पार्टी नेपाल

नागरिक उन्मुक्ति पार्टी नेपालको एजेण्डा : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासन प्रणाली


रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ।

दल दर्ता प्रक्रिया सम्पन्न भएपछि बसेको पार्टीको पहिलो बैठकले सो एजेण्डा औपचारिक रूपमा पारित गरेको पार्टीका अध्यक्ष कवीर सोबले जानकारी दिएका छन् ।

उनका अनुसार, जेनजी आन्दोलनपछि देशमा अब प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख रहने प्रणाली विकास गर्नुपर्ने आवश्यकता झनै प्रष्ट भएको हो। उनले भने, ‘हामीले प्रधानमन्त्री वा राष्ट्रपति जसरी पनि प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख रहने प्रणालीको आवश्यकता पहिल्यै देखाएका थियौं। यो प्रणाली नभएसम्म देशमा स्थिरता र विकास सम्भव छैन।’

अध्यक्ष सोबका अनुसार, प्रत्यक्ष निर्वाचित प्रणालीले स्थायी र स्थिर सरकार सुनिश्चित गर्ने भएकाले पाँच वर्षसम्म ढुक्कका साथ नीति कार्यान्वयन गर्न सकिनेछ। ‘संसदीय प्रणालीमा सरकार बारम्बार गणितका कारण फेरबदल हुने अवस्था रह्यो, तर प्रत्यक्ष निर्वाचित प्रणालीमा स्थिर सरकारबाट विकासका एजेण्डामा तीव्र गतिमा काम गर्न सकिन्छ,’ उनले भने।

त्यस्तै, उनले अन्य पदहरू पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था र त्यसमा समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने पार्टीको नीति रहेको बताए।

बैठकले रेशम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने निर्णय गरेको छ। हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन्। त्यस्तै, कोषाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरू भने पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने अध्यक्ष सोबले जानकारी दिए।

 

#नागरिक_उन्मुक्ति_पार्टी_नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट