Techie IT
२०८२ कार्तिक १५, शनिबार

बालेनले अरुका कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ - प्रधानमन्त्री कार्की


प्रधानमन्त्री बनेयता सुशीला कार्कीलाई काठमाडौं महानगरका मेयर बालेन शाहले दुईपटक भेट गरिसकेका छन्।

पहिलो भेट २३ भदौमा भएको ‘युवा संहार’ घटनाको समयमा भएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने एजेन्डा मुख्य रूपमा उठाइएको थियो।

दोस्रो भेटमा भने मेयर बालेनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि व्यक्त गरेको प्रसंग अहिले चर्चामा छ। प्रधानमन्त्रीको सचिवालयले भने बालेनबाट गृहमन्त्रीको राजीनामा मागिएको दाबी असत्य भएको बताउँदै बिहीबार विज्ञप्तिमार्फत् खण्डन गरेको छ।

त्यसैबीच, बालेनसँग सल्लाहबिना तत्कालीन महानगर सल्लाहकार रहेका अर्याल गृहमन्त्री बनेको भन्दै मेयरको टिम असन्तुष्ट रहेको बताइन्छ।

शुक्रबार साँझ सम्पादकहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले बालेनसँगको सम्बन्धबारे स्पष्ट गर्दै भनिन्, “५–६ पटक भेट भइसकेको छ। म प्रधानमन्त्री भएपछि दुई पटक भेट भएको हो। आज बिहान पनि फोनमा कुरा भएको थियो। बालेनलाई म छोरो भनी बोलाउँछु, उसले मलाई दिदी भन्छ। उसले गृहमन्त्रीको राजीनामा मागेको छैन।”

तर, बालेनले आफ्ना कुरा नसुन्ने गरेको प्रधानमन्त्री कार्कीको गुनासो छ। उनले भनिन्, “उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ। उसको बानी फरक छ। भदौ २३ गतेको दमनका जिम्मेवारहरूलाई किन पक्राउ नगरेको भनेर सोध्छ। मलाई लाग्छ, ऊ पार्टी खोल्ने खालको व्यक्ति होइन।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट