Techie IT
२०८३ असार २८, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित


शुक्रबार बिहानदेखि भएका प्रयासहरू सफल नहुँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अब आइतबार दिउँसो १ बजे बस्ने भएको हो।

पार्टीभित्र उत्पन्न महाधिवेशनसम्बन्धी विवाद मिलाउने प्रयास विफल भएपछि बैठक सारिएको नेताहरूले बताएका छन्।

डा. शेखर कोइराला नेतृत्वको इतर समूहले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ। डा. कोइरालाले एक वर्षअगाडिदेखि नै पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल मंसिर मसान्तमा सकिने भएकाले सो समयभित्रै नयाँ महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्।

त्यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन हुनुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट